काठमाडौं/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार ७०५ दशमलव ९० को विन्दुमा कायम भएको हो ।
आज ३१६ कम्पनीको एक करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर ६२ हजार ८८४ पटक खरिदबिक्री हुँदा सात अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा वित्त समूह शून्य दशमलव ३८ र म्युचुअल फण्ड शून्य दशमलव शून्य एक प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
वरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी छ दशमलव २१ प्रतिशतले बढेको छ । सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य चार दशमलव ४१ प्रतिशतले घटेको छ ।