कमल/ झापाको कमलमा श्री वैदिक सनातन धर्म संरक्षण समिति कमल गाउँपालिका समितिले पालिका भित्रका भजन कीर्तन मण्डलीहरुबीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा श्री लक्ष्मीनारायण कीर्तन मण्डली कमल ६ पहिलो बनेको छ । त्यसैगरी श्री पाथिभरा कीर्तन मण्डली कमल ५ दोश्रो भएको छ भने मिलनहरी कीर्तन मण्डली कमल २ र ३ मिलनचोक तेस्रो बन्न सफल भएको छ ।
कमल गाउँपालिकाको वडा नम्बर ७ मा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा आयोजित सो प्रतियोगिताको अवसरमा धार्मिक व्यक्तित्व आचार्य पण्डीत काशीनाथ नेपाललाई सम्मान समेत गरिएको आयोजक समितिका सहसचिव सुरज गुरागाइँले जानकारी दिनु भयो ।

प्रतियोगितामा कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)को प्रमुख आतिथ्य रहेको थियो । प्रतियोगितामा पहिलो हुनेलाई नगद ११ हजार, दोश्रो हुने टोलीलाई ७ हजार ५ सय र तेस्रो हुने टोलीलाई ५ हजार १ सयसहित प्रमाण पत्र प्रदान गरिएको थियो । १ नम्बरदेखि ७ नम्बर सम्मका धार्मिक व्यक्तित्वहरु, बैदिक सनातन धर्मावलम्बीहरुको विशेष उपस्थिती रहेको थियो ।