ताप्लेजुङ /तमोर नदीले बगाएर ताप्लेजुङमा एक महिला वेपत्ता भएकी छिनर । पाथीभरा याङवरक गाउँपालिका वडा नं १ की संगिता सुनुवार तमोर नदीले बगाएर बेपत्ता भएकी हुन् ।
सोमवार बेलुकी करीब ५ बजे तमोर नदी किनारामा रहेको फेनेबुङ बेशीमा धान काट्न गएकी सुनुवार नदीमा पानी भर्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएकी हुन् । सुनुवारको प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको टोलीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Facebook Comments Box