दमक/संखुवासभाको चैनपुर घर भई दमक ४ स्थित आफन्तको घरमा पाहुना आएकी एक महिलाको घाँटीमा लगाएको सुनसहितको पोते थुतेर भागेका १५ बर्षिय एक नाबालकसहित दमक ७ का ३१ बर्षिय एक युवकमाथि प्रहरीले चोरी मुद्धामा अनुसन्धानका लागि म्याद थपको आदेश लिएको छ ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतका अनुसार गत  मसिंर ७ गते दमक ४ स्थित आफन्तको घरमा पाहुना आएकी रिसु अधिकारी ( सिम्खडा) को गलाबाट सुनसहितको पोते थुतेर फरार रहेका दमक ७ का ३१ बर्षिय अर्जुन राई र संगै धरान घर भई राईसंगै हिंड्ने १५ बर्षिय एक नाबालकलाई चोरीका सामान सहित पक्राउ गरिएको हो ।
उनीहरु विरुद्ध पीडितले दिएको किटानी जाहेरीका आधारमा चोरी मुद्धामा जिल्ला अदालत झापाबाट म्याद थपको आदेश समेत लिई अनुसन्धान अघि बढाइएको पण्डीतले जानकारी दिनु भयो । प्रहरीका अनुसार ७ गते चोरीको सो घट्ना भएको र ८ गते समेत सो क्षेत्रका केहि पराल माचहरुमा अचानक आगो लागेपछी चोरी गर्ने उद्धेश्यले कसैले आगो लगाएको हुन सक्ने आशंका गरिएको र गाउँमा हिंडीरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको थियो । आगजनी समेत उनीहरुले गराएको हुन सक्ने प्रहरीको आंशका छ ।

Facebook Comments Box