इलाम/ इलामको रोङ गाउँपालिका–३ मा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । आइतबार अपरान्ह ४ बजे प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले बा.
८९ प २२६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक बझाङ बित्छडचिर गाउँपालिका– १ का २६ बर्षीय मदन बहादुर बोहरा र पछाडी सवार
जाँजरकोट छेडागाडा नगरपालिका–८ की २३ बर्षीय सिर्जना गिरी घाईते भएका थिए ।
घाईते दुवै जनालाई उपचारको लागि अस्पताल लागिएकोमा अस्पताल र्पुयाउन साथ मृत्यु भएको थियो । ट्रक चालक पाँचथर कुम्मायक गाउँपालिका–९ का ३३ बर्षीय नितेश बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।