दमक/ नेकपा एमाले दमक नगर कमिटी को आयोजनामा भएको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम एक ओैपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको प्रमुख आतिथ्तामा स्कुल विभागका सचिव घनश्याम कोइराला, पोलिटब्युरो सदस्य तथा स्कुल विभाग कोशी प्रदेश प्रमुख , परशुराम मेगी गुरुङ, केन्द्रीय स्कुल विभाग सदस्य सुन्दर लामिछानेले प्रशिक्षण दिनुभएको थियो ।
नेकपा एमाले प्रदेश , जिल्ला,नगर र वडा कमिटि सम्मका कार्यकर्ताहरु सहभागी भएको उक्त कार्यक्रममा करिब एक सय जनाले प्रशिक्षण प्राप्त गरेका थिए ।सहभागीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय स्कुल बिभाग सदस्य तथा कोशी प्रदेश स्कुल बिभाग ईञ्चार्ज पर्शुराम मेघि गुरुङ्गले प्रमाण पत्र प्रदान गरेका थिए।
कार्यक्रममा नेकपा एमाले पार्टी स्कुल बिभाग सचिव धनश्याम कोईराला,स्कुल बिभाग सदस्य सुन्दर लामिछाने,प्रदेश सभा सदस्य होम बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।
एमाले दमक नगर कमिटि अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागीको तर्फबाट अम्विकाप्रसाद खनाल,राजेन्द्र दहाल,गीता कुवरले शुभकामना राखेका थिए ।