काठमाडौं/ एक किलो सुनसहित प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ ।

केरुङबाट नेपाल आउँदै गरेका रसुवा गोसाइकुन्डका दुई महिलालाई सोमबार बिहान सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । रसुवागढीको मितेरी पुलनजिक रहेको प्रहरी चेकपोस्टले खोज तलासी गर्ने क्रममा सुन भेटेको थियो । बरामद सुन र महिलामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box