दमक/झापाको दमक र मोरङको सीमा क्षेत्र ताराबारी र आसपासका बस्तीका ठाउँ ठाउँमा राखिएको परालका माचमा आगो लगाउने उच्छृखंल गतिबिधी भएपछि स्थानीयहरु त्रसित भएका छन् ।
स्थानीयहरुले शंकास्पद अवस्थामा हिंडिरहेका दुई जनालाई प्रहरीको जिम्मा पनि लगाएका छन् ।
इलाका प्रहरी कार्यालय दमकमा राखेर शंकास्पद उनीहरुमाथि अनुसन्धान भईरहेको जनाइएको छ । प्रहरी स्रोतले उनीहरुमाथि सुक्ष्म अनुसन्धानपछि घट्नामा संलग्नता देखिएमा मात्रै उनीहरुको पहिचान सार्वजनिक गर्ने जनाइएको छ ।
प्रहरी स्रोतले भन्यो–यस्तै किसिमको उच्छृखंल क्रियाकलाप गरेर मानिसहरुको ध्यान एकातिर मोड्ने र घरमा लुटपाट मच्चाउने उदेश्यले पनि पराल माचमा आगो लगाएको हुन सक्छ अनुसन्धान पूरा भएपछि विस्तृत कुरा बाहिर आउनेछ ।