काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपचारका लागि आज पुन अस्पताल लगिएको छ ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्रान्डी अस्पताल पुग्नु भएको प्रधानमन्त्रीको सचिवलयले जानकारी दिएको छ ।
पछिल्लो समयमा प्रधानमन्त्रीको डाइलासिस नियमित रुपमा धापासीस्थित ग्रान्डी अस्पतालमा भइरहेको हुनाले डाइलासिसको विकल्प अन्य प्रक्रियाका अपनाउने बारेमा प्रधानमन्त्रीका चिकित्सकबीच छलफल भइरहेको छ । प्रधानमन्त्री अस्पतालबाट आजै फर्कने समेत जनाइएको छ ।
१३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको पुन स् अर्को मिर्गौला फेर्ने कि नियमित डाइलासिसमै रहने भन्नेबारेमा छलफल समेत चल्दै आएको छ ।