दमक/ पहिलो पाइला दमक शाखाले आज शुक्रबार दमक वडा न: ३ जनज्योति आधारभुत विद्यालय गोलाटारमा एक दिने नि -शुल्क आँखा कान सम्बन्धि स्वास्थ्य शिबिर सम्पन गरेको छ। पहिलो पाइलाको आयोजनामा भएको कार्यक्रममा सहाअयोजक कोशी डेन्टल केयर ,बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको छ।
कार्यक्रममा छवि बास्कोटा को अध्यक्षता भएको थियो भने प्रमुख अतिथि दमक वडा न ३ का वडा अध्यक्ष नवीन बराल विशिष्ट अतिथि राजु खड्का , विशिष्ट अतिथि दिपक खड्का (पुर्ण) र अतिथि मा पुर्ब प्र.ना नि.तथा समुदाय साजेदरी प्र. दमक नगरकमिटी सद्स्य मोहन बोगटी समुदाय साजेदारी प्र. इलाका कार्यलय दमक समाजसेवी ब्यक्तित्व श्री छवि घिमिरे जनज्योति आधारभुत विद्यालय का प्रधानअध्यापक श्री बल बा. तामाङ बाखखोर प्रहरी चौकी दमक ३ को उपस्थितीमा सम्पन्न भएको सस्थाका सचिब निशा घिमिरेले बताइन।
शिबिरमा ३०० जानाको निशुल्क स्वास्थ जाँच गरिएको थियो . कार्यक्रममा बिराटनगर आँखा अस्पतालको चिकित्सक टोलि र फिजिशियन डा अमृत पोख्रेलको टोलिले स्वास्थ जाच गरेका थिए।