दमक/झापाको गौरीगञ्ज गाउँपालिकाका निर्वाचित उपाध्यक्ष दिपिन्द्र थापालाई पितृशोक परेको छ ।
नेपाली कांग्रेस झापाका जिल्ला सदस्य तथा गौरीगञ्जस्थित ज्ञानोदय माविका संस्थापक समेत रहनु भएका थापाका बुबा डम्बर बहादुर थापाको हिजो ६ मसिंरमा दिउँसो करीब १.३० बजे निवासमै निधन भएको हो । उहाँ लामो समयदेखि विभिन्न रोगबाट पीडित हुनुहुन्थ्यो ।
स्व. थापाको आज गौरादह सोलमारीस्थित किस्नी खोलाको घाटमा परम्परा अनुसार अन्त्येष्टी गरिनेछ । बिहान ८ बजे उहाँको पार्थिव शरीरलाई घाटमा ल्याएर अन्त्येष्टी गरिने पारिवारीक श्रोतले जनाएको छ ।
