दमक/ झापाको दमक १० स्थित सेतुमारीमा ब्यबस्थित शव दाह स्थल निर्माणका लागि प्रारम्भिक चरणको काम शुरु भएको छ । दमक १० सेतुमारीस्थित मावा खोलामा सेतुमारी जदाह मुक्ति घाट निर्माण हुने भएको हो । कोशी प्रदेश सरकार, दमक नगर पालिका र वडा कार्यालय दमक १० को आर्थिक सहयोगमा ब्याबस्थित शव दाह स्थल निमार्ण हुने भएको हो । मुक्ति घाट निर्माणका पहिलो चरणमा माटो परिक्षाणको काम सकिएको छ ।
यसैगरी घटसम्म पुग्ने बाटोको स्तर उन्नतीको काम पनि शुरु भएको छ । सो घाट निर्माणका लागि कोशी प्रदेश सरकारको १० लाख दमक नगरपालिकाको २ लाख र वडा कार्यालय दमक १० को ५ लाख गरि कुल १७ लाख रुपैयाको बजेट बिनियोजन भएको र ठेक्का मार्फत सम्भव भएसम्म यसै आर्थिक बर्षमा काम सम्पन्न गरिने लक्ष रहेको दमक १० का वडा अध्यक्ष राजेन्द्र प्रसद भण्डारीले जनाएका छन । सेतुमारी जदाह मुक्तिघाट निर्माणका लागि यस अघिनै स्थानीय नरेन्द्र फागोले तीन कट्ठा र संतोष लावती र जीवन लाव्तीले २ कट्ठा जग्गा वडा कार्यालय मार्फल निशुक्ल प्रदान गरिस्केका छ्न । दमक १० मा ब्यबस्थित घाट नहुदा मानिसको मृतुपछी गरिने अन्तिम दाहसंस्कार गर्न निकै चुनौती बन्दै आएको छ ।