दमक/ ज्योतीषहरुको संस्था दक्षिण एशियाली ज्योतिष महासंघ कोशी परिषदले प्रथम ज्योतीष दिवसको अवसरमा झापाका पत्रकार बिष्णु सुब्बालाई सम्मान गरेको छ ।
राष्ट्रिय समाचार समितिका सम्बाददाता समेत रहेका सुब्बालाई झापाको माइधारमा आयोजित कार्यक्रममा आज सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासंघ झापाका पूर्व उपाध्यक्ष समेत रहेका सुब्बालाई सम्मान पत्र, नगद राशी सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
ज्योतिष महासंघका कोशी प्रदेश अध्यक्ष बाबुराम निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष सिताराम लुईंटेल, बिदुशी बृन्दा बराल लगायतले सुब्बालाई सम्मान गरेका थिए ।
झापा जिल्लाभरका ज्योतीष महासंघमा आबद्ध सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पत्रकार सुब्बाले पूर्वीय सभ्यतामा ज्योतिष बिज्ञानको ठुलो महत्व रहेको बताए ।
ज्योतिष पनि एउटा बिज्ञाननै भएको भन्दै उनले हाम्रा पुर्खाहरुले ग्रह र नक्षत्र अध्ययन गरेर भविष्य समेत बताउने बिज्ञानको आविस्कार गरेको बताए ।
दमकमा रहेर झण्डै ३० बर्ष देखी पत्रकारितमा रहेका सुब्बा हाल राष्ट्रिय समाचार समितिको सम्बाददाता सहित प्रदेशबाणी अनलाईनको सम्पादक तथा सञ्चालक समेत हुन् ।