मोरङ/ मोरङको उर्लाबारी ५ मा मुख्य कर्य्यलय रहेको सुदर्सन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना दुइ जना शेयर सदस्यलाई  शेयर सदस्य कल्याणकारी योजना अन्तर्गत आज ५० हजार रुपैया राहत रकम प्रदान गरेको छ् ।
संस्थाको कल्याणकारी योजना कार्यक्रम अन्तर्गत झापा र मोरङका दुई जना शेयर सदस्यलाई राहत वापतको सो रकम   प्रदान गरिएको हो । जसअनुसार गत माघ २१ गते आगोलागीबाट पीडित झापा,कमल ५ सितापुरीकि मनिका राईलाई २० हजार र मोरङ ,मिक्लाजुङ ९ निवासी हालै मिर्गौला प्रत्यारोपण गरेका शेयर सदस्य टेक बहादुर श्रेष्ठलाई ३० हजार प्रदान गरिएको संस्थाले जनाएको छ ।
आज संस्थाका प्रमुख कार्याकारी अधिकृत थरेन पौडेल ,आर्थिक प्रशासन बिभागका नरेन्द्रबिक्रम शेर्मा ,ऋण अधिकृत शिव खडका लगायतले सदस्यका घरै पुगेर राहत हस्तान्तरण गरेका हुन ।
संस्थाको शेयर सदस्य कल्याणकारी योजना अन्तरगत सहभागी सदस्यले प्रानघातक रोग ,आगोलागी लगायतका विभिन्न नौ किसिममा कम्तीमा ५ हजारदेखि  २ लाख ५० हजार सम्म राहत उपलब्ध गराउदै आएको प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए।
संस्थाले चालू आर्थिक बर्षको ८ महीनाको अवधीमा २७ जना शेयर सदस्यलाई मृतक  राहत, १० जनालाई शल्यक्रियाको राहत ,४ जना सन्तन ४ जना ,१ जना दैबी प्रकोप ,प्रानघातक १ गरि ४३ जनाले सेवा मार्फत राहत पाएका संस्थाले जनाएको छ

Facebook Comments Box