दमक/ झापाको विर्तामोडमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनाका घाईते एक जनाको ६ महिना पछि मृत्यु भएको छ ।
मृत्यु हुनेमा भद्रपुर १० का २९ बर्षिय सरोज बस्नेत रहेका छन् । उनी गत भाद्र १३ गते विर्तामोड ३ स्थित सञ्जिवनी अस्पताल अगाडी पुर्व पश्चिम राजमार्गमा मोटरसाइकल चलाउने क्रममा दुर्घटनामा परेका थिए ।
पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे. ५ प. ५५६८ नम्बरको मोटरसाइकल बिपरित दिसा बाट आउँदै गरेको प्र१–०१–०१३ प ५१४० नम्बरको मोटरसाइकल आपसमा ठोक्किए भएको दुर्घटनामा सोही समयमा एउटा मोटरसाइकलका चालक कनकाई नगरपालिका वडा नम्बर ५ का २६ बर्षिय सागर घिमिरेको मृत्यु भएको थियो ।
दुर्घटनामा गम्भिर घाइते बस्नेत भने बिभिन्न अस्पतालमा उपचार गराउँदा स्वास्थ्यमा सुधार नआई घरमै औषधि सेवन गरिरहेकोमा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।