दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै राँके जुलुश प्रदर्शन भएको छ ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ हो ।
यो क्षेत्रमा पर्ने कमल गाउँपालिकाको ५ नम्बर वडाको पाडाजुँगीमा सरकारले बिद्युत प्राधिकरणका महानिर्देशक कूलमान घिसिङलाई हटाएको विरोधमा मंगलबार साँझ नेकपा माओवादी केन्द्र कमलको अगुवाईमा मसाल जुलुश प्रदर्शन गरेका हुन् । उनीहरुले चर्को आवाजसहित केपी सरकार राजीनामा दे… मुर्दावाद… जस्ता नारा लगाएका छन । त्यसैगरी विर्तामोडमा पनि साँझ ठुलो संख्यामा प्रदर्शनकारीहरुले ओली सरकारको विरोधमा चर्को नारावाजीसहित मसाल जुलुश प्रदर्शन गरेका छन् ।