दमक/ झापा, मोरङ र उदयपुरबाट प्रतिबन्धित लागुऔषधसहित चार जनालाई प्रहरीले नियन्त्रणमा परेका छन् ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आइतबार गौरीगञ्ज गाउँपालिक वडा नम्बर –१ भन्सार चोकमा भारतबाट नेपालतर्फ आउदै गरेका भारतको किसनगन्ज–२ पाल्साका २३ बर्षीय सलमलाई लागुऔषध ब्राउनसुगर ४ ग्राम ५५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय रानी मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट २ ग्राम ४७ मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित मोरङ केराबारी गाउँपालिका–७ का २३ बर्षीय सनम राई र २७ बर्षीय रुपेश तामाङलाई नियन्त्रणमा लिएको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका–१ खैजनपुरका २२ बर्षीय सन्तोष चौधरीलाई प्रतिबन्धित औषधी ७ एम्पुल र २५ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।