दमक/ झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ६ नारायण चोक नजिकै आफैंले चलाएको मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना हुँदा घाईते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका ३५ बर्षिय बिकास भट्टराई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत चैत २ गते उतर दक्षीण भित्री सडक खण्डमा चारपानेबाट बिहिबारे तर्फ जादै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रीत भएर दुर्घटना हुँदा मोटरसाईकल चालक भट्टराई गम्भीर घाईते भएका थिए । उनको उपचारको क्रममा शनिबार राती बिएण्डसी अस्पताल विर्तामोडमा बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box