दमक/ झापाको कमल गाउँपालिका वडा नम्बर –१ मा सञ्चालित पूर्वाधार बिकास सम्बन्धिका करिब आधा दर्जन योजनाहरुको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले स्थलगत निरिक्षण गरेका छन् ।
सञ्चालनका क्रममा रहेका योजनाहरुमा भइरहेको कामको गुणस्तर र स्थानीयहरुको गुनासोबारे जानकारी लिन गाउँपालिका अध्यक्ष राईले सम्बन्धित वडाका वडाध्यक्ष केदार कटुवालसहित स्थलगत निरिक्षण गरेका हुन् ।
सो वडामा पर्ने सोलमारी–बैगुनधुरा सडकमा कालोपत्रेका लागि सव बेस लगाउने काम भइरहेको छ । संघीय सरकारको कूल ३ करोड ६१ लाख रुपैयाँको लागतमा सो सडक कालोपत्रे योजना कार्यान्वयनको अन्तीम चरणमा रहेको अध्यक्ष राईले जानकारी दिए ।
त्यसैगरी निर्माण सम्पन्न भएको लाफादी नहर चोकको बक्स कल्वर्ट निर्माण योजना, एक करोडको लागतमा भइरहेको पुष्ष थिर प्रतिष्ठान जाने बाटो कालो पत्रे योजना , ४० लाखको लागतमा भइरहेको ढ्यांग्री नहर चोकबाट पुष्ष थिर जाने बाटो कालो पत्रे, ५० लाखको लागतमा सञ्चालन भइरहेको पराखोपी नहर चोकबाट गौरादह जाने बाटो कालो पत्रे योजनाको स्थलगत निरिक्षण गरी प्रगति अवस्था र समस्याहरुबारे सरोकारवालाहरुसँग फिल्डमै अन्तरक्रिया गरेका हुन् ।
अध्यक्ष राईले त्यहाँ २५ लाखको लागतमा भइरहेको बन्दना झाँगडको घरबाट नहरचोक सम्मको बाटो स्तरोन्नतीको योजनाको अवस्थाबारे पनि जानकारी लिँदै निर्माण पक्षलाई आवश्यक निर्देशन गरेका हुन् ।

 

Facebook Comments Box