झापा/ मेची राजमार्गस्थित बुद्धशान्ति गाउँपालिका-४ मा शुक्रबार सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका-४ का महेश राई र इलामको माइजोगाई गाउँपालिका-२ का ३७ वर्षीय गंगाबहादुर बस्नेत पक्राउ परेका छन् ।
साथै, पक्राउ परेका व्यक्तिहरूको साथबाट नगद ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेट समेत बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।