दमक/ दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको यात्रुवाहक बसमा यात्राकै क्रममा एक महिलाको ज्यान गएको छ ।  मोरङको गछिया निवासी ४३ वर्षीया कुमारी सेलिङ चेम्जोङको शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

मे १ ख २५४५ नम्बरको यात्रुबहाक बस पश्चिमबाट पूर्वतर्फ जादै गर्दा साँझ करिब ५ः५० बजेतिर झिलझिले नजिकै चेम्जोङलाई सिटमै अचेत अवस्थामा अन्य यात्रुले देखेर प्रहरीलाई खबर गरेका थिए ।
उनलाई तत्कालै स्थानीय मेडिकल लगिएको थियो ।

उनको थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिए पनि तत्कालै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् ।
घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box