दमक/ मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियुले स्थापनाको लामो समयपछि अध्यक्षमा पहिलो पटक महिला (छात्रा)लाई पाएको छ । अध्यक्षमा नेविसंघकी निलम कार्की निर्वाचित भएकी छन् ।
८२६ मत प्राप्त गर्दै उनी अध्यक्षमा निर्वाचित भएकी हुन् । नेविसंघले सचिव, कोषाध्यक्ष र ६ जना सदस्य जितेको छ ।
मेची क्याम्पसको २१ औं स्ववियु अध्यक्षका रुपमा कार्की निर्वाचित भएकी हुन् ।
सचिवमा नेविसंघका विवेक तामाङ र कोषाध्यक्षमा प्रतिक शाह रौनियार निर्वाचित भएका छन् । तामाङले ६३३ र रौनियारले ९०९ मत प्राप्त गरेका छन् ।