दमक/ दमकस्थित दमक बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघको केन्द्रीय नेतृत्वबाट तोकिएका नेविसंघ सम्बद्ध बिद्यार्थी नेताले स्वतन्त्र उम्मेदवारी दिदैं बाजी मारेका छन् । पाँच बिद्यार्थी संगठनको संयुक्त प्यानल नामाकंन गरिएको प्यानलको नेतृत्व गरेका नेविसंघ सम्बद्ध भूपेन्द्र बस्नेत (भुवन) स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् ।
बस्नेतले निकटतम प्रतिद्धन्द्धी अनेरास्ववियूका निशम अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । बस्नेतले ६६८ ल्याएर निर्वाचित हुदाँ प्रतिष्पर्धी अधिकारीले ६२४ मत प्राप्त गरे ।
नेविसंघको झापा जिल्ला र दमक क्याम्पस इकाईबाट अध्यक्षको उम्मेदवार बनाइएका सायन साम्पाङले ३३४ मत ल्याएका छन् ।
अध्यक्षमा स्वतन्त्र समूहकी रश्मी उप्रेती, दीपक लिम्बू, पर्वत बस्नेत, पेमा डोल्मा तामाङ र प्रविणा भट्टराईसहितका ८ जना उम्मेदवार प्रतिष्पर्धी थिए ।
सचिवमा राजेश खड्का (८१२ ) र कोषाध्यक्षमा ९९७ मत प्राप्त गरि प्रिती मगर निर्वचित भएका छन् । निर्वाचित खड्का र मगर अनेरास्ववियूका हुन् ।
यसैगरि, सदस्यहरुमा आरती बाँस्कोटा (६३१),एन्जिना राई (१०१४ ),दुर्गा पौडेल ( ६६९ ) ,प्रशान्त ताजपुरिया (६३३),प्रासना भट्टराई (८३९ ),प्रितम पौडेल (६५२ ) ,युनेश न्यौपाने (६६५ ) र स्मारिका श्रेष्ठ (६७८ ) मत गरि निर्वाचित भएका हुन् ।
यस्तै, समानुपातिकतर्फ अनेरास्ववियूले (६०४) ,नेविसंघले (४६१ ) , अखिल क्रान्तिकारीले १९३, राप्रविसंगठनले २२९,समाजवादी विद्यार्थी युनियनले १२५ , हामी स्वतन्त्र छौं समूहले १५८ ,संघीय विद्यार्थी युनियनले ४० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
३ हजार ७०३ मतदाता रहेको यस क्याम्पसको स्ववियू निर्वाचनमा १९५६ मत खसेको थियो । खसेको मत मध्ये १३ मत बदर भएको थियो । यसअघि पनि स्ववियूको नेतृत्व नेविसंघले गरिआएको छ ।