दमक/ झापाको दमकमा भएको एम्बुलेन्स दुर्घटनामा पाँच जना घाईते भएका छन् । पूर्वपश्चीम लोकमार्ग अन्तर्गत दमक ५ गोर्खा डिपार्टमेन्ट अगाडी मनमोहन मेमोरियल सामुदायिक अस्पाताल बिर्तामोडबाट बिरामी लिएर बिराटनगरतर्फ जाँदै गरेको एम्बुलेन्स गएराती करिब १ बजे (१२.५५) मा दुर्घटना भएको हो ।
मनमोहन मेमोरियल सामुदायिक अस्पतालको प्र१–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स सडकको बिचमा रहेको डिभाइडरमा ठोक्किए दुर्घटना हुदाँ एम्बुलेन्समा सवार अर्जुनधारा नगरपालिका वडा नम्बर १० का २० बर्षिय बिशाल लिम्बु, २३ बर्षिया बर्षा लिम्बु , सोही ठाउँकी १९ बर्षिया आरजु राई, सोही ठाउँकी ५१ बर्षिया मिना लिम्बु , २१ बर्षिय अन्जेश लिम्बु र एम्बुलेन्स चालक विर्तामोड ५ का ३५ बर्षिय कमल अधिकारी रहेका छन् ।
आरजुको टाउकोमा चोट लागेको छ भने मिनाको टाउको र दाहिने हातमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । अन्जेश र बर्षाको पनि अवस्था सामान्य छ ।
एम्बुलेन्स चालक जिल्ला अधिकारीको पनि अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।