दमक/ स्वतन्त्र बिद्यार्थी युनियन दमक बहुमुखी क्याम्पसको निर्वाचनमा न्यून संख्यामा मतदाताहरु सहभागी भएका छन् ।
निर्वाचनमा कूल मतदाता मध्ये झण्डै ५२.८२ प्रतिशतले मात्रै मतदानमा भाग लिएका तथ्याङकले देखाएको छ । आज मंगलबार अपरान्ह ४ बजे सम्म भएको मतदानमा कूल १ हजार ९ सय ५६ मतदाताले मात्रै भाग लिएका छन् ।
सो निर्वाचनका लागि कूल मतदाता संख्या ३ हजार ७ सय ३ रहेको थियो । विभिन्न ठाउँमा स्ववियु निर्वाचनका क्रममा झडप, तोडफोडका घटनाहरु भए पनि दमकमा निर्वाचन शान्तपूर्ण वातावरणमा सम्पन्न भएको छ । बिद्यार्थीहरुले आफ्ना अधिकार सुरक्षाका लागि आफ्नै नेतृत्व चयन गर्ने प्रकृया अन्तर्गत स्ववियु निर्वाचन हुने गर्छ । बिद्यार्थीहरुलाई राजनीतिक नेतृत्वमा स्थापित गर्न जग बसाल्ने अवसरका रुपमा स्ववियु निर्वाचनलाई लिने गरिन्छ ।
दमक बहुमुखी क्याम्पसमा यसपटक विभिन्न संगठन र स्वतन्त्र समेत गरि स्ववियु अध्यक्षका लागि ८ जना चुनावी प्रतिस्पर्धामा छन् ।