दमक/ स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको अघिल्लो दिन दमक बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्षका उम्मेदवार भुपेन्द्र बस्नेत भुवनको पक्षमा समर्थन बढेको छ ।
नेविसंघ, अखिल क्रान्तीकारी , राप्रविसंघ, समाजवादी बिद्यार्थी युनियन र संघीय लिम्बुवान सम्बद्ध बिद्यार्थी संघ संगठनहरुको समेत संयुक्त प्यानलबाट अध्यक्षमा बस्नेतसहितको संयुक्त प्यानल रहेको सोमबार दमकमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । त्यस्तै अध्यक्षका उम्मेदवार बस्नेतलाई अर्का अध्यक्षका उम्मेदवार दिपक लिम्बुले समेत औपचारिक रुपमा आफ्नो समर्थन रहेको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा अध्यक्षका उम्मेदवार लिम्बुले लेखेका छन– स्ववियुको निर्वाचनमा नेपाल विद्यार्थी संघको आधिकारिक उम्मेदवार मेरो मित्र भूपेन्द्र बस्नेत (भुवन) जी रहेको हुंदा संगठनको मर्म एवम् भावनालाइ आत्मसात गर्दै मेरो समर्थन पनि नेपाल विद्यार्थी संघका आधिकारिक उम्मेद्वार भूपेन्द्र बस्नेत (भुवन) लाइ रहेको जानकारी गराउदै विधार्थी साथीहरुलाइ भुवनको समुहलाइ मतदान गरि विजय गराइदिनुहुन अनुरोध गर्दछु ।
यसले दमक बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा भुपेन्द्र बस्नेत (भुवन) सोही प्यानलबाट सचिवमा राप्रविसंघ सम्बद्ध राजेश थापा र कोषाध्यक्ष प्रविन योगीसहितको सदस्यहरुका उम्मेदवारहरुको पक्षमा समर्थन र ऐक्यबद्धता बढेको पुष्टि गरेको स्ववियु दमक बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष अइन्द्रविक्रम केरुङ बताउँछन् ।
सो संयुक्त प्यानलबाट सदस्यहरुमा एलिजा भेट्वाल, बिष्णु थापा , सुजन कुवँर,स्मारिका श्रेष्ठ, सनिम नेपाल, दुर्गा पौडेल, प्रशान्त ताजपुरिया ( राईडर ) र बिकल लिङ्खिम उम्मेदवार रहेका छन् ।
नेविसंघ केन्द्रिय अध्यक्ष डुजाङ शेर्पा, कांग्रेस महामन्त्री गगन थापासहित दमकस्थित नेविसंघका केन्द्रिय तथा पूर्व बिद्यार्थी नेताहरु समेत अध्यक्ष बस्नेत नेतृत्वको संयुक्त प्यानलको पक्षमा देखिएका छन् ।
उनीहरुले सार्वजनिक रुपमा नै बस्नेत नेतृत्वको संघका केन्द्रिय अध्यक्ष शेर्पाले रिपोर्टस क्लब नेपालको पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासामा दमक क्याम्पसमा नेविसंघको तर्फबाट अध्यक्षको उम्मेद्वार भुपेन्द्र बस्नेत भएको उल्लेख गरेका छन् ।
दमक बहुमुखी क्याम्पसको स्ववियु चुनावमा उम्मेदवारहरु तय गर्न नेविसंघसँग आवश्यक समन्वय गर्न पूर्व स्ववियु सभापति समेत रहेका कांग्रेस महासमिति सदस्य अइन्द्र केरुङ, संघका पूर्व जिल्ला सभापतिद्धय पर्शुराम रिजाल र रोशन विष्टसहितको टिमलाई अख्तियारी दिएको थियो ।
तीन सदस्यीय सो समितिमा आवद्ध पूर्व बिद्यार्थी नेताहरु पनि बस्नेतलाई संघको तर्फबाट आधिकारिक उम्मेदवारका रुपमा प्रस्तुत गर्न तयार भएसँगै बस्नेतको पक्षमा समर्थन बढ्दै गएको हो । बस्नेत नेतृत्वको प्यानलनै पाँच बिद्यार्थी संगठनको संयुक्त प्यानल भएको जनाउँदै सोमबार आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन परिचालन समिति संयोजक रवि केसीले सो प्यानलका उम्मेदवारहरु समावेशी र सबैको सहभागिता सुनिश्ति गराउने उम्मेदवार भएको जिकिर गरे ।

सो अवसरमा कांग्रेस महासमिति सदस्य सुरेश सुब्बा, नेविसंघका पूर्व केन्द्रिय उपसभापति समेत रहेका कांग्रेस महासमिति सदस्य मेदनीप्रसाद सिटौला, राप्रपाका नगर अध्यक्ष हेम सुवेदी, अखिल क्रान्तीकारीका नगर अध्यक्ष कुलबहादुर बस्नेत रवि, नेकपा एकीकृत समाजवादी नगर अध्यक्ष हरि नेपाल, संघीय लिम्बुवान नेता लगायतले बस्नेत नेतृत्वको प्यानलको बिकल्प नरहेको बताउँदै सोही प्यानललाई निर्वाचनमा सफलता दिलाउन लागिपर्ने प्रतिबद्धता जनाए । सो कार्यक्रमको सञ्चालन कांग्रेस दमक नगर उपसभापति प्रेम भट्टराईले गरेका थिए भने अध्यक्षका उम्मेदवार बस्नेतले आफ्नो प्रतिबद्धता मन्तव्य राखेका थिए ।

Facebook Comments Box