झापा/ ताप्लेजुङको डुम्रिसे र ओसे पुख्र्यौली थात थलो भएका ब्रह्मलाल पौडेल वंशका सन्ततीहरुको सामुहिक संस्था ब्रह्मलाल पौडेल वंशोद्धार समितिको आज बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
माइधारमा सो समितिका नवगठित कमिटीका अध्यक्ष नरप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले निवर्तमान अध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा हाल ९ सदस्यीय सल्लाहकार समिति गठन गर्नुका साथै यहि वैशाख १९ गते सामुहिक गोठधुप गर्ने निर्णय गरेको हो ।
गठित सल्लाहकार समितिका सदस्यहरुमा दधिराम पौडेल, खेमकुमार पौडेल, लक्ष्मीप्रसाद पौडेल, बिष्णुभक्त पौडेल, टंक पौडेल, तारानिधि पौडेल, कृष्णप्रसाद पौडेल र तुलसीप्रसाद पौडेल रहेका छन् । सल्लाहकार समितिमा अग्रजहरुको सक्रियताका आधारमा अन्य थप गर्दै लगिने समितिका सचिव बिष्णु पौडेलले जानकारी दिए ।
सो बैठकले यही वैशाख १९ गते अर्जुनधारा ९ निवासी लिलाराज पौडेलको गोठमा सामुहिक गोठपूजा भव्य रुपमा सम्पन्न गर्ने पनि निर्णय गरेको छ । गोठपूजासँगै त्यहाँ विबिध कार्यक्रमहरु सञ्चालन तथा व्यवस्थापनका लागि अध्यक्ष नरप्रसादको संयोजकत्वमा ६ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । समितिका सदस्यहरुमा उपाध्यक्ष भवानी पौडेल, पूर्व अध्यक्ष बिष्णुप्रसाद पौडेल, पदम पौडेल, खेमकुमार पौडेल र हिमाल पौडेल रहेका छन् ।
बैठकमा सो समितिलाई समय सापेक्ष थप सक्रिय बनाउन संस्था दर्ता, बिधान मस्यौदा, सदस्यता विस्तार तथा बन्धु एकता अभियानका लागि अन्य कार्यक्रमहरु पनि तय गर्दै लगिने बिषयमा व्यापक छलफल भएको समितिले जनाएको छ ।
