दमक/ झापाको दमक १ स्थित एक घरमा कोठा भाडा लिएर लागुऔषध कारोबार गरेको आरोपमा पाँच जनासहित ७ जनालाई झापा र मोरङबाट प्रहरीले पक्राउ गरेको छ ।
कोठा भाडामा बस्दै आईरहेका २६ बर्षीय डेक बहादुर थापाको कोठामा लागु औषध बिक्री वितरण भईरहेको भन्ने सूचनाको आधारमा बिहिबार इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले थापासहित ईलाम माङ्सेबुङ गाउँपालिका –३ की २५ बर्षीया अनु राई, झापा कमल गाउँपालिका–३ का २६ बर्षीय सुरज कुमाल, दमक–५ का २५ बर्षीय रकद धिमाल र दमक–७ का २८ बर्षीय बिर बहादुर पौडेललाई ट्रामाडोल ९० क्याप्सुल,  SPASPAIN ७० चक्की र लागुऔषध खैरो हेरोईन ५ सय मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । यसैगरी सोही दिन इलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका–२ का १९ बर्षीय बिशाल परियार र १८ बर्षीया अप्सरा राईलाई उनीहरुको घरबाट ट्रामाडोल २३६ क्याप्सुल र प्रतिबन्धित औषधी २३० चक्की सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सातै जनालाई प्रहरी हिरासतमा राखेर लागूऔषध कारोबार सम्बन्धि मुद्धामा थप अनुसन्धान अघि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

Facebook Comments Box