दमक/ शिक्षण सिकाईमा फरक अभ्यासहरु गर्दै आफूलाई सिक्ने स्कूलको रुपमा बिकास गर्दै गरेको दमक ५ स्थित सर्वोदय इङलिस स्कूलले बार्षिक मनोरञ्जनात्मक र सन्देशमुलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बिद्यालय प्राङगणमा बिद्यार्थीहरुले सञ्चालन गरेको सो कार्यक्रममा बिद्यार्थीहरुका लागि खानपान रस्वास्थ्यसँग सम्बन्धित चेतनामुलक पोषण कर्नर समेत उदघाटन गरिएको बिद्यालयका प्रधानाध्यापक नविन योगीले जानकारी दिए ।
पोषण कर्नरमा वैज्ञानिक र स्वास्थ्य चेतनाका दृष्टिकोणबाट स्वस्थकर मानिएका दैनिक उपभोग्य खानेकुराहरु तालिकाबद्ध मिलाएर सजाइएको छ ।

 

हरेक दिन बिद्यार्थीहरुले सो कर्नरमा आँखा परेपछि आफ्नो खानपानमा सुधार ल्याई स्वस्थ जिवन यापन गर्न सिक्ने मौका पाउने बिद्यालयले विश्वास लिएको छ ।
पोषण कर्नरको कार्यक्रमका प्रमुख अतिथी दमक नगर शिक्षा संयोजक कुवेर भट्टराईले उदघाटन गरेका बताइएको छ ।

सो अवसरमा बिद्यार्थीहरुद्धारा निर्मित हस्तकला तथा अन्य आकर्षक तथा कलात्मक सामग्रीहरुको प्रदर्शन गरिएको थियो ।

त्यस्तै कार्यक्रममा बिद्यार्थी र बिद्यालयमा कार्यरत शिक्षकहरुले साँस्कृतिक पहिरनसहित विभिन्न नृत्य तथा गीत आदि प्रस्तुत गरेका छन् । कार्यक्रमलाई थप आकर्षक र प्रभावकारी बनाउन सहभागी अभिभावक तथा अतिथीहरुलाई लक्की ड्र मार्फत पुरस्कृत गरिएको थियो ।

 

 

Facebook Comments Box