सिंहदेवी माविका १५ जना बिद्यार्थीलाई न्यौपाने परिवारको छात्रवृत्ति

Author Nishkarsha News
२०८१ फाल्गुन २९, बिहीबार १७:१६

दमक/ दमक १० स्थित सिंहदेवी माविमा स्थापना गरिएको खगेन्द्र प्रसाद पद्य रत्न न्यौपाने छात्रवृत्ति पुरस्कार १५ जना बिद्यार्थीलाई प्रदान गरिएको छ ।

मोरङको उर्लाबारीका सामाजिक व्यक्तित्व विनोद न्यौपानेले आफ्‌ना पितामाताको नाममा स्थापना गरेको छात्रवृत्ति कोषबाट १५ जना विद्यार्थीलाई शैक्षिक प्रदान गरिएको छ ।

बुधबार एक कार्यक्रम गरी दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाई, छात्रवृत्ति कोष दाता विनोद न्यौपाने लगायतले सो छात्रवृत्ति वापतको रकम हस्तान्तरण गरेका थिए । गत वर्ष एसइईमा प्रथम हुने शितल शिवा, कक्षा १२ मा प्रथम हुने उमेश न्यौपाने, कक्षा ११ का सायना खनाल, चन्द्रदीप मगर, सृष्टि दाहाल, अस्मिता बुढाथोकी, कक्षा १२ का सन्जोग लिम्बू, निर्जला दुलाल, एलिसा बुढाथोकी, सज्जल कालाखेती, सविन तामाङ, अंशु खत्री, युनिषा बस्नेत, सरस्वती धमला र अनुसा नेम्बाङलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई ४९ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको छ । २०६७ सालदेखि निरन्तर यो छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्