दमक/ नेपाली कांग्रेस झापाका पुराना नेता, एवं पूर्व शिवगञ्ज गाउँ समितिका संस्थापक केदारनाथ काफ्लेको निधन भएको छ ।
उनको मंगलबार राती १० बजे शिवसताक्षी ६ हवल्दार चोकस्थित निजी निवासमा ७० बर्षको उमेरमा निधन भएको हो ।

स्वर्गीय काफ्ले प्रतिबन्धित कालमा तत्कालिन शिवगञ्ज गाविस सभापति हुँदै जिल्ला सदस्य थिए ।
शिवगञ्ज र आसपासका क्षेत्रमा कांग्रेसको सक्रिय नेताको रुपमा रहेका थिए । पुख्र्यौली थलो तेह्रथुमबाट झापा बसाइँसरी आएका काफ्ले तेह्रथुम र झापामा समेत कांग्रेसको राजनीतिसँगै सामाजिक क्षेत्रमा क्रियाशील थिए ।
केही बर्षदेखि अस्वस्थ रहेका काफ्लेको निवासमा पुगेर यसअघि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहित नेताहरुले पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए ।
स्वर्गीय काफ्लेको आज ११ बजे शिवगञ्जस्थित कन्काई घाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय काफ्लेकी श्रीमती, दुई छोरा बुहारी र तीन छोरी ज्वाइँ , नाती नातिना छन् ।

Facebook Comments Box