पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न काठमाडौंमा भव्य र्‍यालीको तयारी भइरहेका बेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी नहुने भएका छन्।

पार्टीले स्वागतको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ।

शाहीले आफूहरूले कार्यक्रम अगाडि बढाउने जिम्मा पाएको बताए।

प्रवक्ता श्रेष्ठले पनि अध्यक्षको उपस्थितिबारे जानकारी नभएको बताए ।  गौशाला र तीनकुने क्षेत्रमा भेला भएका राजावादी समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्म र्‍याली निकाल्ने छन्।

Facebook Comments Box