झापा/ नेपाली कांग्रेसको नेता डा. शेखर कोईरालाले कांग्रेसको बैचारिक धार भुत्ते हुँदै गएको टिप्पणी गर्नुभएको छ । आफू त्यो धारलाई तिखो बनाउने देशव्यापी अभियानमा लागेको र आम कार्यकर्ताहरुलाई साथ दिन आग्रह गर्नु भयो ।
आज कांग्रेस झापाको पार्टी कार्यालयमा पूर्व आप्रवासी समन्वय विभागको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै डाक्टर कोईरालाले झापामा समेत कांग्रेसका इमान्दार कार्यकर्ताहरु बिस्तारै पाखा लाग्दै गएको अवस्था आफूले पाएको बताउनु भयो ।

कोईरालाले झापामा आगामी चुनावको प्रतिस्पर्धी को हो ? भनि प्रश्न पनि गर्नु भयो ।

आगामी चुनावको प्रतिस्पर्धी दल एमालेनै भएको संकेत गर्दै नेता कोइरालाले भन्नु भयो– आगामी चुनावको प्रतिस्पर्धी दलसँग अहिले सहकार्य गरेर अगाडी पनि जानु छ यो अप्ठ्यारो र असहज अवस्थाको सामना कांग्रेस कार्यकर्ताहरुले गर्नु परिरहेको छ ।

आम कार्यकर्ताहरुको भावना आगामी चुनाव कांग्रेस एक्लै लड्नु पर्छ भन्ने रहेको आफूले पाएको बताउँदै त्यसका लागि कांग्रेसले बलियो तयारी गर्नुपर्ने डाक्टर कोइरालाको भनाई छ ।
पार्टी भित्रको गुटबन्दीको अन्त्य गरेर कांग्रेस एक्लैले चुनाव लड्नुपर्ने आम कार्यकर्ताहरुको भावना आफूले पाएको कोइरालाले उल्लेख गर्नु भयो ।

एमाले नेतृत्वको वर्तमान सरकारमा कांग्रेसको सहयोग मात्रै रहेको भन्दै कांग्रेस अहिले सत्तापक्ष भएको तर सरकारमा नरहेको अनूभुति भइरहेको टिप्प्णी गर्नु भयो ।
डाक्टर कोइरालाले भन्नु भयो– ओलीजीसँग यो सरकार बन्नु भन्दा पहिले यो सरकारको खाका बारेमा मैंले भनेको थिएँ । उहाँले एमालेको होइन कांग्रेसको नेतृत्वमा हुनुपर्छ भन्नु भयो ।
तर अहिले सरकार एमालेको नेतृत्वमा बन्यो कांग्रेस यसमा सहयोगीको भुमिकामा मात्रै देखियो ।

यस ढंगबाट चुनावको पूर्व तयारी राम्रो हुन नसक्ने नेता कोइरालाको संकेत छ ।
देश विकासमा रिटर्नीहरुको भुमिका विदेशदेखि स्वदेश सम्म बिषयक सो कार्यशालासहितको पूर्व आप्रवासीहरुको भेलामा आप्रवासी नेपालीहरुलाई संकेत गर्दै विदेश जानु गलत हो भन्न जवरजस्त भाष्य निर्माण गर्न खोजिनु गलत भएको बताउनु भयो ।

Facebook Comments Box