दमक/ नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला आज झापा आउनु भएको छ ।

नेता कोइरालालाई मोरङ र झापाको सीमा क्षेत्र दमकस्थित मावापूलमा पार्टीका सयौं नेता, कार्यकर्ताहरुले उनको स्वागतमा नारा लगाएका छन् । डाक्टर कोईरालालाई कांग्रेसको आसन्न १५ औं महाधिवेशनमा सभापतिको बलियो उम्मेदवारका रुपमा अघि सारिएको छ ।

पार्टी केन्द्रिय सदस्य सरिता प्रसाइँको नेतृत्वमा भेला भएका झापाका कांग्रेस नेता कार्यकर्ताहरुले शेखर तिमी अघि बढ, हामी तिम्रो साथ छौं, झापा कांग्रेस के भन्छ ? शेखर दाई हाई हाई …………जस्ता नारा लगाउँदै फूलमालाले स्वागत गरेका थिए ।

आज विराटनगरबाट उर्लाबारी हुँदै झापा तर्फ आउनु भएका नेता कोइराला आजै कांग्रेस नेता एवं प्रदेश सभामा कांग्रेसका सचेतक गोपाल तामाङको मेचीनगरस्थित निवासमा पुग्नु हुनेछ ।

आमाको निधनका कारण शोकमा रहनु भएका नेता तामाङको परिवारमा डाक्टर कोइरालाले आज भेटघाट गर्ने कार्यक्रम छ । डाक्टर कोइरालाले २४ गते विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा पूर्व आप्रवासी समन्वय विभागले आयोजना गरेको दुई दिने कार्यशाला तथा प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक विज्ञान प्रसाइँले जानकारी दिनु भयो ।


सो भेलाले विदेशबाट स्वदेश फर्किएका आप्रवासीहरुलाई संगठित गर्दै प्रजातान्त्रिक विचारसँग जोड्ने सो अभियानमा सक्रिय तरुण दलका केन्द्रिय सदस्य नेत्र पौडेलले बताउनु भयो ।

 

Facebook Comments Box