दमक/ झापाको शिवसताक्षी ११ दुधेस्थित क्याम्ब्रीज बोर्डिङ स्कूलका दुई वटा बसमा एकैपटक आज आगो लागेको छ । आगो कसले र कसरी लगायो भन्ने तत्काल थाहा हुन सकेको छैन ।
इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज प्रहरी निरिक्षक सुशिल थापाले सो घट्नाबारे सुक्ष्म अनुसन्धान शुरु गरिसकिएको बताएका छन् ।
दुई वटा वसमा एकाएक आगो बलेको मात्रै देखिएको छ , यसबारेमा प्रहरीले सुक्ष्म अनुसन्धान गर्नेनैछ– प्रहरी निरिक्षक थापाले भने ।
केही बेर अघि देखिएको आगो शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल र स्थानीबासीको सहयोगमा निभाउने काम भइरहेको छ । सर्वसाधारणहरुले करिब ८ बजे एकैसाथ दुई वटा बसमा आगो लाग्नु कुनै प्राविधिक कारण हुन नसक्ने र कसैले आगजनी गरेको हुन सक्ने अनुमान गरिरहेका छन् ।
यसअघि आजनै दमकका विभिन्न चार स्थानमा पनि अज्ञात समुहले पराल माचमा आगजनी गरेको थियो । आगजनीमा संलग्नहरुको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । दमकको आगजनीका घट्नाको अनुसन्धानका लागि दुई जना प्रहरी नियन्त्रणमा छन् । दमकको व्यस्त बजारमा पनि दुई बर्ष अघिको आगलागी घटनामा संलग्नलाई प्रहरीले पहिचान गरेर पक्राउ गरेको थियो ।

Facebook Comments Box