दमक/ झापाको गौरीगञ्ज २ कोरोबारीमा भारतीय पक्षले गरेको नेपाली भुमी अतिक्रमणबारे प्रतिनिधि सभा सदस्य निशा डाँगीले स्थलगत जानकारी लिएकी छिन् ।

सो क्षेत्रमा केही समय अघिदेखि सन्थाल समुदायको बसोबास रहेको ठाउँनै एकाएक भारतीय पक्षले सीमा स्तम्भ सारेर अतिक्रमण गर्दै नेपाल तर्फ सारेको बिषय स्थानीयहरुले उठाउँदै आएका थिए । सो सम्बन्धिको गुनासोबारे बुझ्न राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ समेत रहेका सांसद डाँगी पार्टी नेता, कार्यकर्ता एवं सर्वसाधारणहरुसहित सो ठाउँमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएकी हुन् ।

त्यहाँस्थित जंगे पिलर तथा सीमा अबलोकनका लागि स्थानिय सुरक्षा निकाय सहितको सहजिकरणमा सीमा स्तम्भहरु बारेमा स्थानीयहरु संग जानकारी लिएकी रास्वपा नेताहरुले बताएका छन् ।
सांसद डाँगीसँग भारतीय सुरक्षा बलबाट सो ठाउँमा अन्याय भएको गुनासो राखेका थिए । जनस्तरमा भने दुवै देशका नागरिकहरुबीच सो क्षेत्रमा सुमधुर सम्बन्ध रहेको छ । सांसद डाँगीले सो बारेमा स्थानीयहरुलाई आफूले संसद बैठक मार्फत सरकार र अन्तराष्ट्रिय निकायको ध्यानाकर्षण गराउने आश्वासन दिएकी छिन् ।

Facebook Comments Box