दमक/ दमकमा स्थापना गरी झापाका विभिन्न ठाउँमा सामाजिक गतिविधि गर्दै आएको सानो प्रयास युवा समाजले प्रथम साधारण सभा शनिबार सम्पन्न गरेको छ । दमक ५ को दिपिनी आधारभुत विद्यालयमा सम्पन्न साधारणसभाले नयाँ नेतृत्व समेत चयन गरेको छ । दमक ५ का वडा अध्यक्ष ईन्द्र गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले पुनः छविलाल खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा निश्चल राई, सचिवमा दिप ताजपुरिया, सहसचिवमा रोचक अधिकारी, सूर्य माया भुजेल, कोषध्यक्षमा यसोदा खतिवडा (काफ्ले) रहेका छन् । यस्तै सदस्यहरुमा सुसन लिम्बु, सन्तोष गुरुङ्ग, तनुजा दुलाल, चम्पा ताजपुरिया, कृष्ण भण्डारी, मोनिका दंगाल, संयोग खतिवडा, बादल माझि, आविष्कार भट्टराई, सविन श्रेष्ठ, सूजन गौतम, सुरज धिमाल, दिपक तिवारी, कमल प्रसाद गैरे चयन भएका छन् ।
संस्थाले दमकमा रहेर जिल्लाका विभिन्न स्थानमा सामाजिक कार्य गर्दै आएको छ । यसै वर्ष मात्रै संस्थाले दमक, शिवसताक्षी सहितका बिभिन्न स्थानका विद्यालयहरुमा शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेको थियो ।

Facebook Comments Box