काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन सुरु भएको छ ।

महाधिवेशन यही फागुन १९ गतेसम्म चल्ने पार्टीले जनाएको छ ।

आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको बस बिसौनी, काठमाडौँको कोटेश्वर, ताथलीलगायत ठाउँमा बाजागाजा, झाँकी, विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै दिउँसो १ बजे सल्लाघारीमा पुगेर उद्घाटनसत्रमा परिणत भएको छ ।

नेमकिपाको आठौँ महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा केन्द्रित भएर बृहत् छलफल गर्दै विभिन्न एजेण्डा पारित गर्ने नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंले बताए ।

उनले महाधिवेशनका लागि काठमाडौं भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहेको बताए ।

Facebook Comments Box