नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालकै होचो भूभाग केचनकवलमा राष्ट्रिय झन्डा फहराएका छन्।
पार्टीको तराई मधेश जनजागरण अभियान उद्घाटनको लागि झापा आएका प्रचन्डले आज बिहान केचनाकबलमा झन्नडोत्तोलन गरेका हुन् ।
पर्यटकीय रूपमा उच्च संभावना भएको यो स्थानबाट नेपालका सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका लागि प्रचण्डले अपील गरे ।