दमक/ पूर्व अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राज्यद्वारा वेपत्ता पारिएका योद्धा पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेतको योगदानको इतिहासले सदैव सम्मान गर्ने वताएका छन्।
नेता पुनले सहिद तथा वेपत्ता योद्धाहरुको वलिदानले नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र वहाली भएको वताए ।
झापाको दमकस्थित पुष्प –धीरेन्द्र प्रतिष्ठान परिसरमा शनिबार आयोजित कार्यक्रममा नेता पुनले त्यस्तो बताएका हुन् ।
नेता पुनले पार्टी यसअघि केही अलमलिएजस्तो भएपनि फेरि नयाँ अठोट सहित आफ्नो वर्ग र सहिद वेपत्तातिर फर्किएको जिकिर गरे ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका प्रतिष्ठानका वीरेन्द्र बस्नेतले सहिद र वेपत्ता परिवारका सपना पुरा गर्न पार्टी निरन्तर लाग्नुपर्ने वताए ।
सहिद परिवारका तर्फवाट प्रेरणा चाम्लिङ्ले सहिद , वेपत्ता योद्धा र घाइते योद्धाको योगदान भुल्न नहुने वताइन्।् ।
झापा दमक–१ निवासी पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेत २०६० सालमा तत्कालीन शाही नेपाली सेनाद्वारा बेपत्ता पारिएका योद्धा हुन् ।
उनीहरु स्थानीय भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका क्रमशः माहिला र कान्छा छोरा हुन् । उनीहरुको नाममा स्थापित प्रतिष्ठानले सामाजिक तथा शैक्षिक क्षेत्रमा सेवामुलक काम गरिरहेको अध्यक्ष तिर्थराज वस्नेतले वताए ।