दमक/ नेकपा माओवादी केन्द्र दमक नगरको दोश्रो नगर सम्मेलनले पुन कूल बहादुर बस्नेत (रवि) को अध्यक्षतामा आगामी कार्यकालका लागि नेतृत्व चयन गरेको छ ।
३ फागुनमा शुरु भएको सम्मेलनले बस्नेतको अध्यक्षतामा नवराज सुवेदी, रुद्र कार्की, सुभाषचन्द्र गड्तौला, शान्ति धिमाल र सुस्मा अधिकारी उपाध्यक्ष, डम्बर बोहोरा सचिव रहेको नगर कमिटी बुधबार सर्वसम्मत चयन भएको सार्वजनिक गरिएको हो ।
कमिटीको सहसचिवमा युवराज गजमेर , सुन्दर देवान, असिम राई, शान्तिराम भट्टराई र कोषाध्यक्षमा पदम सापकोटा निर्वाचित भएका छन् भने कार्यलय सदस्य प्रकाश तिम्सिना रहेका छन् । सम्मेलनको उदघाटन पार्टी अध्यक्ष पुष्पकमल दाहालले गरेका थिए ।
नगर कमिटीको अध्यक्षमा सन्तोष गौतमले प्रस्तुत गरेको उम्मेदवारी बुधबार साँझ अबेर फिर्ता लिँदै सर्वसम्मत नगर कमिटी चयनका लागि मार्गप्रशस्त गरेसँगै नगर कमिटी निर्विरोध चयन भएको बताइएको छ ।
सम्मेलनबाट नेतृत्व चयन सर्वसम्मत गर्न भएको प्रयास बारे माओवादी केन्द्र झापाका नेता सीपि कँडरियाले सामाजिक सञ्जालमा लेखेका छन– ४ दिन सम्म चलेको बन्दसत्रमा अध्यक्षको लागि बलियो दाबेदार कमरेड सन्तोस गौतमले आफ्नो मनोनयन फिर्ता लिएपछी अन्तत कमिटी सर्वसम्मत बन्न सफल भएको छ । उनले पार्टीलाई एकताबद्द बनाउन गौतमले गरेको त्यागलाई अध्यक्ष मन्डल र पार्टीका तर्फबाट उच्च सम्मान गरिएको पनि उल्लेख गरेका छन् ।