दमक/ ७५ औं प्रजातन्त्र दिवसको अवसरमा दमक जेसीजले सुरुङगास्थित पुकार अपाङग अशक्त समाजद्धारा सञ्चालित आश्रममा खाद्यन्न सहयोग प्रदान गरेको छ ।
राहुल शाहको सहयोगमा मानवीय सेवा अन्तर्गत खाना खुवाउने र खाध्यन्न बितरण कार्यक्रम सम्पन्न गरिएको हो ।
दमक जेसीजका पूर्ब अध्यक्ष तथा संस्थापक सदस्य पदम कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता दमक जेसीज बर्ष २०२५ का अध्यक्ष सहदेब भट्टराईले गरेका थिए ।
कार्यक्रममा फलफूल, बिस्कुट,मिठाई,जुस,पानी लगायत खाध्य सामाग्री सहित नगद ५ हजार एक सय रुपैयाँ आश्रम सञ्चालक निर्मला ओझालाई हस्तान्तरण गरिएको दमक जेसीज बर्ष २०२५ का जनसम्पर्क अधिकारी विशाल अधिकारीले जानकारी दिए ।
कार्यक्रममा दमक जेसीज बर्ष २०२५ का अध्यक्ष सल्लाहाकार तथा पूर्ब अध्यक्ष चन्द्र खत्री, दमक जेसीजका निबर्तमान अध्यक्ष रामचन्द्र अधिकारी दमक जेसीजका पूर्ब अध्यक्ष घनश्याम कोईराला ,सुरुङ्गा जेसीजका कानुनी सल्लाहकार मेनुका उप्रेती उपाध्यक्ष विमान लामा, कोषाध्यक्ष रिसब सिंह चाहार लगायतको उपस्थिति रहेको दमक जेसीजका महासचिव राजेन्द्र बिमलीले जानकारी दिए ।