दमक/ दमक – ५ मा सञ्चालित मेची सेकेण्ड्री बोर्डिङ स्कूलले आफ्नो ३६ औं बार्षिकोत्सव विविध कार्यक्रमसहित मनाएको छ ।
मंगलबार बिद्यालय प्राङगणमा अभिभावक तथा शैक्षिक सरोकारवालाहरु, बिद्यार्थीहरु लगायतको व्यापक उपस्थितीमा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरु गर्दै बार्षिकोत्सव मनाएको हो ।
बिद्यार्थीहरुले सो अवसरमा सामुहिक साँस्कृतिक नृत्य, गीत तथा अन्य कलात्मक प्रस्तुती दिएर मनोरञ्जन दिलाएका थिए ।
कक्षा ५ सम्म, कक्षा ८ सम्म र कक्षा १० सम्मको तीन समुहमा बिद्यार्थीहरुबीच विभिन्न प्रतियोगितात्मक साँस्कृतिक नृत्य र गायन प्रतियोगिता सञ्चालन गरिएको थियो ।
प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रमका उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएको बिद्यालयले जनाएको छ ।

सो अवसरमा बर्षभरी सञ्चालन भएका अतिरिक्त क्रियाकलापमा सहभागी भई उत्कृष्टता हासिल गर्ने बिद्यार्थीहरुलाई पुरस्कार एवं मेडल प्रदान गरिएको अतिरिक्त क्रियाकलाप संयोजक समेत रहेका शिक्षक दिपक खड्काले जानकारी दिए । उनका अनुसार सो अवसरमा ५ सय १८ जना बिद्यार्थीलाई विभिन्न बिधामा मेडल प्रदान गरिएको छ ।
बिद्यालयका प्रिन्सीपल श्रवणकुमार पोखरेलको सभापतित्व र बिद्यालयका संस्थापक एवं शैक्षिक व्यक्तित्व विदुर खतिवडाको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथी खतिवडा, बिद्यालयका संस्थापक खेमलाल पोखरेल, प्रिन्सीपल श्रवण कुमार पोखरेल, सञ्चालक सञ्जीब बराल लगायतले पुरस्कार तथा मेडल प्रदान गरेका थिए ।
सो अवसरमा बिद्यालयका प्रिन्सीपल पोखरेलले कार्यक्रमको औचित्यबारे प्रष्ट्याएका थिए । उनले बिद्यार्थीहरुले आफ्नो रोजाई अनुसार भविष्य बनाउन सक्ने भएकाले पढाईको नाममा अनावश्यक दबाब र भार खेप्न बाध्य पार्न नहुने तर्फ आफू सचेत रहेको उल्लेख गरे ।
सोही अनुसार बिद्यालयको शैक्षिक वातावरण सिर्जना गरिएको उनको भनाई थियो ।
बिद्यालयलाई अहिलेको अवस्थामा ल्याउन अभिभावक, शिक्षक, कर्मचारी र सञ्चालक टिमले देखाएको सक्रियता र योगदान प्रशंसनिय रहेको प्रिन्सिपल पोखरेलले बताए ।
शिक्षक होमराज खतिवडाले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा मेची बाल क्लबका कोषाध्यक्ष उदगम रिजालले आफ्ना अनुभवहरुसहित मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन शिक्षक दिपक खड्का, गंगा कार्की र किनाराले संयुक्त रुपमा गरेका थिए ।
