कमल/ झापाको कमल गाउँपालिका ५ निवासी, नेपाली कांग्रेसका कमल गाउँ सहसचिव दुर्गाप्रसाद पोखरेलको आज शुक्रबार उपचारका क्रममा निधन भएको छ । उनको आज बेलुकी करिब ५ बजे निधन भएको जनाइएको छ ।
पोखरेलको विराटनगरस्थित नोवेल अस्पतालमा ६ दिन अघि मुटुको शल्यक्रिया गरिएको थियो ।
पोखरेलको शल्यक्रियाका क्रममा अस्पतालले बन्द रहेका मुटुका भल्व खोल्ने कार्य सफलतापूर्वक भएको परिवारलाई जानकारी गराएको थियो ।
मुटुका दाँया र बाँया दुई साइडमा रहने चार वटा भल्व मध्ये एउटा भल्वले मात्रै काम गरिरहेको अवस्थामा चौथो भल्व समेत आकस्मिक रुपमा बन्द हुन पुग्दा उनको निधन भएको हो । शुक्रबार साँझ उनको निधन भएको जनाइएको छ ।
पोखरेलकी श्रीमती, दुई छोरी र एक छोरा छन् । पोखरेल लेखापढी व्यवसायमा संलग्न थिए ।