दमक/ अपराध अनुसन्धानमा सक्रिय नेपाल प्रहरीको टोलीले दमकका विभिन्न स्थानलाई बढी आपराधिक कृयाकलाप हुने क्षेत्रका रुपमा लिँदै सम्भावित क्षेत्र भित्र अपराध अनुसन्धानमा डग स्निफिङ (कुकुरले सुँघेर गरिने अनुसन्धान) गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक ५ स्थित गोरखा डिपार्टमेन्ट पश्चीम क्षेत्र, दमक ६ र ७ स्थित बसपार्क र आसपास क्षेत्रमा बिहिबार सुँधेर अपराधिक क्रियाकलापको अनुसन्धान गर्ने कुकुर परिचालन गरेको हो । रेन्जर नामको कुकुरले विस्फोटक पदार्थको खोजी गरेको हो भने पिङकु नामको कुकुरले लागूऔषधको ओसारपसारको अवस्थाबारे अनुसन्धान गरेका जनाइएको छ ।
त्यस्तै विर्तामोड र मेची नगरका पनि विभिन्न स्थानमा आकस्मिक रुपमा कोशी प्रदेश प्रहरी कार्यालय के नाइन शाखा धरानबाट झिकाइएका कुकुरसहितको प्रहरी टोलीले बिर्तामोड नगरपालिका वडा नम्बर ४ पश्चिम बस स्टेन्ट, गिरिबन्धु टि–स्टेटको एरिया र मेचीनगर नगरपालिका वडा नंम्बर ६ बसपार्क र मेची पुल एरियामा अनुसन्धान कार्य गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बढी अपराध हुने क्षेत्रमा अपराधको सम्भावित अवस्था आंकलन गर्न समेत यस किसिमको अनुसन्धान गर्ने गरिन्छ ।
