काठमाडौं/ काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ५ कात्तिकेस्थित साँखु सडक खण्डमा बुधवार साँझ विद्यालयबाट वनभोज गएका बिद्यार्थी बोकेको बस ‘ब्रेक फेल’ भए दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–७ का ११ वर्षीय क्रिसल पुरी, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ का २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोकै १४ वर्षीया शुशाङ्का डोटेल रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले बताए ।
चाबहिलस्थित एसएस एकेडेमीको बा२ख ७९५८ नम्बरको बस नगरकोटमा पिकनिक मनाएर फर्किरहेको अवस्थामा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।