दमक / झापाको दमक १० स्थित सेतुमारीमा ब्यबस्थित शव दाहस्थल निर्माण हुने भएको छ ।

प्रदेश सरकारको १० लाख वडा कार्यालय दमक १० को ५ लाख गरि कुल १५ लाख रुपैयाको बजेटबाट सो शवदाह स्थल सेतुमारी मुक्ति घाट निर्माण हुने भएको हो ।

सेतुमारी मावा खोला पुलको दक्षिणमा सो घाट निर्माण गरिने भएको छ । सेतुमारीमा मुक्तिघाट निर्माणका लागि आज मगलबार १० नम्बर वडा अध्यक्ष राजेन्द्र प्रसाद भण्डारीको उपस्थितीमा भएको भेलाले स्थानीय भानुभक्त न्यौपानेको अध्यक्षतामा ९ सदसीय घाट निर्माण रेखदेख समिती गठन गरिएको छ ।

सो समितिको सचिवमा नवराज श्रेष्ठ र कोषाध्यक्षमा कुमारी धिमाल रहेका छन । भने सदस्यहरुमा डम्बर बिष्ट, गोबिन्द प्रसाद न्यौपाने, बिष्णुधिमाल, शुभद्रा जोशी र अनिता श्रेष्ठ र सुरेश धिमाल रहेका छ्न । सो भेलामा नेपाली काङ्ग्रेस दमक १० का सभापती घनश्याम खनाल, संचारकर्मी नगेन्द्रमणी न्यौपाने सामाजिक अगुवा डिल्लीप्रसाद न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

सेतुमारी मुक्तिघाट निर्माणका लागि यश अघिनै स्थानीय नगेन्द्र फागोले तीन कट्ठा र संतोष देवानको परिवार २ कट्ठा जग्गा वडा कार्यालय मार्फल निशुक्ल प्रदान गरिस्केका छ्न ।

Facebook Comments Box