दमक/  दमकका उद्योगी व्यवसायीहरुले इलाका प्रहरी कार्यालय दमकको इञ्चार्जका रुपमा जिम्मेवारी सम्हाल्न आएका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनासँग परिचयात्मकसँगै शान्ती सुरक्षाका बिषयमा अन्तरक्रिया गरेका छन् ।
दमक उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालय दमकमा हालै सरुवा भई आएका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डिएसपी ) तिमल्सिनालाई स्वागत गर्दै त्यस्तो कार्यक्रम गरेको हो ।
सोही अवसरमा संघले नेपाल–भारत मैत्री संघ दमक शाखाको अध्यक्षमा निर्वाचित दिनेश अग्रवाललाई समेत सम्मान गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, संघका अध्यक्ष गोपाल गुरागाइँ, लेखा समिति संयोजक नेत्र चम्लागाइँ, सल्लाहकार राजकुमार श्रेष्ठ लगायतले डीएसपी तिमल्सिनालाई स्वागत गरे । कार्यक्रममा सहभागी व्यवसायीहरुले दमकको व्यवसायिक सुरक्षाको विषयमा आआफनो विचार राखेका थिए ।


व्यवसायीहरुले लामोसमयदेखि उठाउदै आएको शान्तिसुरक्षाको मागलाई थप प्रत्याभूत हुने गरि सुरक्षाको व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए । उनीहरुले प्रहरी संगठनसंग सहकार्य गरेर यहाँको उद्योगी,व्यवसायीहरुको हितमा काम गर्न सधै संस्था प्रतिवद्ध भएको विचार व्यक्त गरे ।
दमक प्रहरीको कमाण्ड सम्हालेका उनले आफनो कार्यालय मातहतमा शान्तिसुरक्षा अमनचयन कायम गर्न सञ्चारकर्मी, स्थानीय राजनीतिक दल,सामाजिक संघसंस्थाका प्रतिनिधिहरुसंग छुट्टाछुट्टै परिचयात्मकसहित अन्तरकृया कार्यक्रमलाई निरन्तरता दिदैआएका छन् ।
त्यसक्रममा डिएसपी तिम्सिनाले प्रहरी मात्रको एक्लो प्रयासले शान्तिसुरक्षा ,अमनचयन कायम गर्न नसकिने भएकाले सवैबाट सहयोग हुनुपर्ने जोड दिए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, प्रथम उपाध्यक्ष राजकुमार योङया, तृतीय उपाध्यक्ष रुवल अधिकारी, औषधी व्यवसायी संघका झापा उपाध्यक्ष बुद्धिशेखर बजगाइँ, निर्माण व्यवसायी चन्द्र खत्री, कमल कटुवाल लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box