दमक/ नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ झापाको १० औं जिल्ला अधिवेशनले संघको जिल्ला अध्यक्षमा लीला ढुंगेल दाहालसहित जिल्ला कमिटी चयन गरेको छ । अधिवेशन अन्तर्गत आइतवार भएको उम्मेदवार मनोनयनका क्रममा दमक ५ की ढुंगेलको मात्र मनोनयन दर्ता भएपछि उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् । उनी यस अघि संघको जिल्ला कमिटी सचिव थिइन् ।
जिल्ला कमिटीको उपाध्यक्षमा दुर्गा डाँगी ‘रेणुका’, सीता ढुङ्गाना विश्वकर्मा, सचिवमा कल्पना चम्लागाईं (कोपिला ), सहसचिवमा ललिता बस्नेत र कोषाध्यक्षमा मञ्जु बस्नेत थापा निर्विरोध निर्वाचित भएकी छन् ।
निर्वाचन समिति संयोजक हेमकला कट्टेलका अनुसार सदस्य पदमा विभिन्न क्लस्टरबाट ७५ जना चयन गरिनेछ ।
निर्वाचित कमिटीको घोषणा माघ २९ गते जिल्ला पार्टी कार्यालय विर्तामोडमा गरिनेछ र सोही दिन शपथ ग्रहण ,निर्वाचित प्रमाणपत्र समेत वितरण गरिने जनाईएको छ ।
विर्तामोडमा दशौं जिल्ला अधिवेशनको शनिवार केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले उदघाटन गरेकी थिइन् ।