दमक/ झापाको गौरीगन्ज गाउँपालिकाले महिलाहरुलाई स्वरोजगार र आर्थिक रुपमा आत्मनिर्भर बनाउन बाटेको धुप बनाउने सीपमुलक तालिम सञ्चालन गरेको छ ।
दिब्यदृस्टी भेनेरेसन एन्ड एग्रो कन्र्सन (पुजा सामाग्री उद्योग) कमलले गौरीगन्ज गाउँपालिकाको सहयोगमा आयोजना गरेको ३ दिने बाटेको धुप बनाउने र बजारीकरण सम्बन्धीको तालिम समापनमा पालिका अध्यक्ष फुलवती राजवंशीले रोजगार बन्न चाहनेहरुलाइ सहयोग गर्ने बताइन् ।
बिहिवार गौरिगन्ज गाउँपालिकामा भएको तालिम समापनमा बोल्दै ३ दिनमा पोख्त भएर प्याकेजिङ सहितको धुप बनाएको देख्दा यो कार्यक्रम सफल भएको पाएको उनले प्रतिक्रिया दिइन् ।
उनले महिलाहरुले बनाएको धुप प्याकेजिङ गरेर कार्यक्रमको उदघाटन गरेकी थिइन् ।
गाउँपालिका उपाध्यक्ष पुजन कुवरले सोचे भन्दा तालिम धेरै राम्रो भएको र दिब्यदृस्टी ब्राण्ड आफैंमा पनि नाम चलेको उल्लेख गर्दै बजारीकरणमा समस्या नहुनेमा ढुक्क रहेको बताइन् ।
युवाहरुलाइ रोजगारमा जोडन, महिलाहरुलाइ आत्मनिर्भर बनाउन सीप सगै बजारीकरणको आवश्यक रहेको उनको भनाइ थियो ।
दिब्यदृस्टीकी सञ्चालीका बबिता तिम्सिनाले बजारमा आफुहरुले गुणस्तरीय बाटेको धुप उपलब्ध गराउदै आएको र ५० भन्दा बढी महिलाहरुलाइ यसका लागि जोडेको बताइन् । स्थानीय सरकारसग मिलेर स्थानीय उत्पादन स्थनीय बजारीकरणमा सहयोग कार्यक्रम आफुहरुले ल्याएको जानकारी दिइन् ।
महिला तथा बालबालिका शाखा प्रमुख पुजा घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा बाटेको धुपले स्वास्थ्यमा पार्ने सकारात्मक फाइदाबारे आयुर्बेद स्वास्थ्यकर्मी टेकनाथ अर्यालले जानकारी गराए ।
तालिमममा सहभागीहरुलाइ धुपी, पहाडे कागज पनि उपलब्ध गराएको थियो । तालीमको सहजीकरण बबिता तिम्सिना र शोबिता गिरीले गरेका थिए ।
कार्यक्रममा पाथीभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसनका अध्यक्ष समेत रहेका दिब्यदृष्टि पुजा सामाग्री उत्पादन उद्योगका संचालक बिष्णुप्रसाद पोखरेलले गौरीगन्ज गाउँपालिकामा केही नयाँ परियोजना शुरु गर्ने घोषणा गरे ।
फाउन्डेसनका महासचिव अर्जुन पौडेलले स्थानीय उत्पादनको प्रबद्र्धन गर्न आफुहरु सधै आतुर रहेको बताए ।